
सुन्दरहरैँचा, २० माघ । मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले आइपिओ जारी गर्ने गरी प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कूल पाँच लाख कित्ता सेयर जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
पिएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल तथा प्रभु क्यापिटलबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरे। सो सेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको चार लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।
आइपिओ जारी भएसँगै प्रालिका रूपमा रहेको पिएलओ पब्लिक कम्पनीमा रूपान्तरित भएर सर्वसाधारणमा सेयर जारी गर्न पुगेको पिएलओका प्रबन्ध निर्देशक दुलालले जानकारी दिए। “आगामी आर्थिक वर्षमा कम्पनीले पाँच लाख कित्ता सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्नेछ”, उनले भने, “पब्लिक कम्पनीमा जाने ग्रामीण भेगको पहिलो लुब्रिकेन्ट कम्पनी पिएलओ भएको छ ।”
पूर्वाञ्चल ल्यूब आयलले विगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र पाँच हजारभन्दा बढी खुद्रा व्यापारी कम्पनीमा आबद्ध छन् । दुई लाखभन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको उल्लेख गरिएको छ ।
विदेशी लुब्रिकेन्टलाई विस्थापन गर्ने सोचसहित कम्पनीले पिएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओका प्रबन्ध निर्देशक दुलालले जानकारी दिए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




