सुन र चाँदी दुवैको भाउ उल्लेख्य घट्यो

-



     सफल आवाज    
     माघ २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० माघ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा उल्लेख्य गिरावट आएको छ । छापावाल सुनमा आज एकैदिन १ हजार ४ सय रुपैयाँले घटेको छ । यसैगरी चाँदीमा पनि ३० ले घटेको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनमा १ हजार ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको कीर्तिमानी १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि आज १ हजार ४ सयले घटेर तोलाको १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन तोलाको १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज ३० ले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।