
काठमाडौं, २२ माघ । शुभम पावरकाे सेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ १८ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे । आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएकाे हाे ।
कम्पनीले ४ लाख ८१ हजार ८२२ कित्ता सेयर निष्काशन गरेको हो। सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि ल्याएकाे सेयरमा पूरा आवेदन नदिएको बाँकी सेयर थपेर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हो।
यसमा ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि रहेकाे छ । २९ हजार ३० कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ६१० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ।
सेयरमा लगानीका लागि लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। उनीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




