सुपर मादी हाइड्रोको आईपीओ बाँडफाँड, कस्लाई कति पर्याे ?

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ माघ । सुपर मादी हाइड्रोपावरको सेयर आज बिहान बाँडफाँड सम्पन्न भएको छ। साे सेयर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएकाे हाे ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याएकाे थियाे।

सेयरमा १२ लाख ९८ हजार ६९३ जनाकाे १ करोड ४४ लाख ४६ हजार ५६० कित्ताका लागि परेका आवेदन स्वीकृत भएका थिए । यसमा १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्।