सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ ५ सयले बृद्धि भएको जनाएको छ । यसदिन चाँदीको भाउ आईतबारकै कायम भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले बृद्धि भई तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेर चाँदी शुक्रबारकै भाउ तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।