सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     माघ २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ यथावत् रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन, तेजाबी सुन र चाँदी कुनैमा पनि मूल्य घटबढ नभएको जनाएको छ । आज छापावाल सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँमै कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्यमा पनि कुनै फेरबदल भएको छैन । आज तेजाबी सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि आज स्थिर रहेको छ । यसरी स्थिर रहेर चाँदी सोमबारकै मूल्य १ हजार ३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ गत शुक्रबारदेखि तोलाको १ हजार ३ सय २० रुपैयाँमा स्थिर रहेर कारोबार हुँदै आएको छ ।