प्रि-ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से

-



     सफल आवाज    
     माघ २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ माघ । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४ अंकभन्दा बढीले उकालिएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार नेप्से ७६.६४ अंक बढेर २१७७.३४ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से परिसूचक ४.२७ अंक बढेर २१८१.६२ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२३ अंकले बढेको छ ।

आजको प्रि-ओपन सेसनमा ३९ वटा स्टकको ३६ लाख ३१ हजार ५९६ रुपैयाँ ६० पैसा बराबरको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ३२ वटा स्टकको मूल्य बढेको छ भने ७ वटा स्टकको मूल्य घटेको छ । कुनै पनि स्टक आज स्थिर रहेका छैनन् ।