
काठमाडौं, २६ माघ । युरोपेली सङ्घ (इयु) ले नेपाललाई प्रदान गर्ने सहयोगका विविध क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ ।
नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा आइपुग्नुका अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त युटा उर्पिलाइनेनले भेटवार्तामा नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पूँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको सम्बन्धमा छलफल गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्ता गरेकी थिइन।
सो अवसरमा नेपाल–इयु सहकार्यका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले उनको सम्मानमा दिवाभोजको आयोजना गरिन। कुराकानीका क्रममा परराष्ट्रमन्त्रीले युरोपेली सङ्घ नेपालको विकास सहायताको प्रमुख साझेदार भएको उल्लेख गर्दै ग्रामीण विकास, नवीकरणीय ऊर्जा, खानेपानी, वन र कृषिलगायतका क्षेत्रमा इयुले गर्दै आएको सहयोगको प्रशंसा गरिन् ।
आयुक्त उर्पिलाइनेनले इयुले नेपाललाई प्रदान गर्ने नयाँ चरणको बहुवार्षिक सूचक कार्यक्रम (२०२१–२०२७) अन्तर्गत नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँच, पानी र सरसफाइका साथै मानव पूँजी विकासलगायत प्राथमिकताका क्षेत्रबारे छलफल गरेकी थिइन । युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ ।
इयुले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । भ्रमणकमा क्रममा आयुक्त उर्पिलाइनेनले पाँच करोड युरो सहयोगको शुभारम्भ गरे। यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




