सुन र चाँदी दुवैको भाउ बढ्यो, कति पर्छ तोलाको?

-



     सफल आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउमा सामान्य बढोत्तरी भएको छ । सुनको भाउमा आज १ सय रुपैयाँ बढेको छ । यसैगरी चाँदीको भाउमा ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा १ सय रुपैयाँले बढेर तोलाको १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि १ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ४ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।