सुपरमाई हाइड्रोकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     माघ २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ माघ । सुपरमाई हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले माघ २३ गतेदेखि निष्काशन गरेको आईपीओमा सर्वसाधारणले आजसम्म आवेदन दिन पाउने भएका हुन्ने ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे थियाे । त्यसपछि अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिएकाे हो।

जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये ५० हजार कित्ता वैदेशिक रोजगाररमा रहेकाहरुकाे लागि रहेकाे छ ।

२५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई वितरण भइसकेकाे छ भने १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । यसमा बाँकी रहेकाे ४ लाख १५ हजार कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।