
काठमाडौं, २९ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउमा सामान्य बढोत्तरी भएको छ । सुनको भाउमा आज ४ सय रुपैयाँ बढेको छ । यसैगरी चाँदीको भाउमा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार छापावाल सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि ४ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




