नेपाल टेलिकमकाे खुद नाफामा ९.१६% वृद्धि, इपीएस कति ?

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । नेपाल टेलिकमले खुद नाफामा ९.१६% ले वृद्धि गरेको छ । टेलिकमले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेकाे।

टेलिकका अनुसार गएकाे वर्षको यही अवधिको भन्दा नाफामा ९.१६% ले वृद्धि भएकाे हो । गएकाे वर्ष ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा गरेकाे थियो । सेवा व्यापारकाे कमाइ भने घटेकाे छ । टेलिकमले अन्य आम्दानीमा बृद्धि गरेपछि यसकाे खुद नाफामा बृद्धि भएकाे हाे । 

टेलिकमकाे गएकाे वर्षकाे सेवा व्यापारकाे कमाइ १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ रहेकाे थियाे । यस अवधिमा साे घटेर १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँमा रहेकाे छ । अन्य आम्दानी रुपैयाँ २ अर्ब ७८ करोड १९ लाखबाट बढेर ४ अर्ब २ करोड ३७ लाख रुपैयाँ भएकाे छ ।

नेपाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । जगेडामा ७४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी बढर ४७ रुपैयाँ २८ पैसा कायम भएकाे छ । यसअघि याे ४३ रुपैयाँ ८६ पैसामा सिमित थियाे । नेटवर्थ ५१२ रुपैयाँ ९२ पैसा रहेकाे छ ।