दोल्ती पावरले फागुन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्ने बताएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सेयर निष्काशन गर्न लागेको हो।

जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतले हुने ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि निष्काशन गरिने भएकाे हाे ।

यसमा अति प्रभावित क्षेत्र मानिने नौमुले र कालिका गा.वि.स मा स्थायी बसोबास गर्ने जनताका लागि २ लाख ६८ हजार २४३ कित्ता रहेकाे छ । आयोजना प्रभावित क्षेत्र दैलेखका जनताका लागि २ लाख ६८ हजार २४३ कित्ता रहेकाे छ ।