बढेन मौद्रिक नीतिको समिक्षाले लगानीकर्ताको उत्साह, सेयर बजार राताम्मै

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाप्रति नीजि क्षेत्रको पूर्ण सन्तुष्टि नदेखिएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । जसकाे कारण सेयर बजार राताम्मै भएको छ । यो सेयर बजारका लागि सुखद् सन्देश होईन ।

राष्ट्र बैंक सेयर बजारका समस्याहरुको बारेमा जानकार रहेको र उचित संवोधन हुने बताउँदै आए पनि भनाई अनुसारको समिक्षामा ठोस नतिजा देखिने व्यवश्था नभएपछि लगानीकर्ताहरुको मानोबल घटाएको छ ।

साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार सकारात्मक दिशामा नगई राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा भारि गिरावट भएको छ । कारोबार रकम सन्तोषजनक भएपनि सम्पूर्ण सूचहरुमा गिरावट भएको छ ।

नेप्से परिसूचक ६४.७३ अंकले घटेर २११७ को विन्दुमा झरेको छ । नेप्सेमा २.९७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ११.५१ अंकले घटेर ४०३ विन्दुमा पुगेको छ ।

यसदिन कुल २५३ वटा कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ७६ लाख ३९ हजार ६५६ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८४ करोड २१ लाख ६१ हजार ६९८ रुपैयाँ ८३ पैसा बराबरको कारोबार भएको छ । १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १३ करोड १९ लाख ९५ हजार १६२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै खप्तड लघवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाकाे सेयरमूल्य ४.४८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नाग्दी ग्रुप पावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.४४ प्रतिशतले घटेको हो ।