चालु आर्थिक वर्षको बजेटमा संशोधन, घट्यो २ खर्ब ४४ अर्ब

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्षको कुल बजेट रकममा २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएको छ । आज चालु आर्थिक वर्ष २०७९/८०को बजेटको संशोधनसहितको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब कम गरी १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको प्रस्तुत गरेको थियो । तर शुरुवाती ६ महिनासम्मको अध्ययनपछि अर्धवार्षिक समीक्षा गर्दै छुट्याइएको रकमको १४ प्रतिशतले हुन आउने २ खर्ब ४४ अर्ब बजेट कटौती गरेर अर्थमन्त्री पौडेलले संसद बैठकमा प्रतिवेदन पेश गरेका हुन् ।