सुन र चाँदी दुवैको भाउ यथावत्

-



     सफल आवाज    
     फागुन १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ यथावत् रहेको छ । आइतबार सुनको भाउमा ४ सय रुपैयाँ तथा चाँदीको भाउमा ५ रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत आइतबार पनि छापावाल सुन तोलाको १ लाख ४ हजार रुपैयाँमै कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि कुनै घटबढ भएको छैन । आज तेवाबी सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि तेजाबी सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमै खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदी पनि आज मूल्य यथावत् रहेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि बार चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।