
काठमाडौं, १ फागुन । ङादी ग्रुप पावरले ५ प्रतिशत लाभांश घोषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ काे साे लाभांश घोषणा गरेको हाे।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। साे लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर रहेकाे छ भने करकाे प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश रहेकाे छ ।
लाभांश पारित गर्न ङादी ग्रुप पावरले फागुन २५ गते वार्षिक साधारणसभा डाकेकाे छ । कम्पनीले लाभांश अनुमाेदन तथा साधारण सभा प्रयोजनका लागि फागुन १० गते बुक क्लोज गर्ने बताएकाे छ ।
साधारण सभामा भाग लिन तथा लाभांश प्राप्तिका लागि सेयरधनीहरुले फागुन ८ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनु पर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




