नेप्सेमा करेक्सन जारी, कारोबार १ अर्ब ७८ करोडमा सीमित

-



     सफल आवाज    
     फागुन २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ फागुन । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाबाट लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेपछि त्यसको प्रभाव सेयर बजारमा परिरहेको छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । एउटा बाहेक सबै सूचकहरुमा रातो लागेको छ । कारोबार रकम पनि घटेको छ ।

नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.७४ अंकले घटेर ४०१.६९ विन्दुमा रहेको छ ।

यसदिन कुल २५५ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँ ७१ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमा एउटा बाहेक सबै १२ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । हरियो लागेको एकमात्र उत्पादन समूहतर्फ १६.१७ अंकको बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालय डिष्ठिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३७२ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा बढी यूनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ६.१२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा बाराही हाइड्रोपावर पव्लिक लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ५.०७ प्रतिशतले घटेको छ ।