एशियन हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ फागुन । एशियन हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियाे ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिसकेकाे छ ।

जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुने ८ करोड ४० लाख रपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरबाट ८४ हजार कित्ता वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि रहेकाे छ । ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरीएकाे छ ।

कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८०० कित्ता रहेकाे छ भने ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उसले २०७८ कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेकाे थियाे ।

सेयरमा लगानीका लागि इच्छुक लगानीकर्ताले सेबानबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन पाउनेछन्। यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिने भएकाे छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।