
काठमाडौं, ३ फागुन । स्रोत खुलाउन नसकेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने प्रस्ताव संसदमा पेश गरिएको छ । आज प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत गरिएको हो । उक्त विधेयकमा स्रोत नखुलेको सम्पत्ति कर तिरेर वैध बनाउन सकिने व्यवस्था गरिएको कानून न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बताएका छन् ।
मन्त्री प्रधानका अनुसार स्रोत खुलाउन नसकेको सम्पत्तिको हकमा राज्यले कर निर्धारण गर्ने प्रस्ताव गरिएको हो । यस्तो सुविधा अपराध वा अवैध गतिविधिबाट आर्जित सम्पत्तिका हकमा भने लागू नहुने उनले बताए ।

सम्पत्ति शुद्धीकरण वा अन्य सम्बद्ध कसूरमा संलग्न नभएको, कर छलीसम्बन्धी कसूर पनि नभएको अवस्थामा मात्र स्रोत खुलाउन नसकेको सम्पत्तिको हकमा कर निर्धारण गर्ने व्यवस्था गरिएको मन्त्री प्रधानको भनाइ छ ।
उनले स्वयं कर घोषणा गरेर अपराधबाट आर्जित सम्पत्ति वैध बनाउने व्यवस्था नगरिएको बताउँदै कसूर गरेको पाइएमा थप अनुसन्धान गरी पुन मुद्दा चलाउन सकिने व्यवस्था गरिएको पनि प्रष्ट पारे ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




