नेप्सेको ओरालोको यात्रा यथावत्, १ अर्ब ७३ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयर बजारले ओरालोको यात्रा तय गरेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले सन्तुष्ट हुन नसकेपछि लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा फर्किएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा झरेको छ । नेप्सेमा ०.६६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५५ अंकले घटेर ४००.१४ विन्दुमा रहेको छ ।

यसदिन कुल २५६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४८ लाख १५ हजार १२० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ ७९ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये उत्पादन समूह बाहेक अन्य १२ वटामा रातोको लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी अपि पवार कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड २० लाख ९ हजार ३०३ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गरिमा डिबेन्चर, २०८५ को सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले घटेको छ ।