
काठमाडौं, ३ फागुन । अबको ३ महिनापछि मूल्यवृद्धि १० प्रतिशत पुग्ने एक सर्वेक्षणले देखाएको छ । हालै नेपाल राष्ट्र बैंकले गरेको उपभोक्ता सर्वेक्षणमा अबो ३ महिनामा १० प्रतिशत र १ वर्षपछि १२ प्रतिशत पुग्ने अनुमानित निष्कर्ष आएको हो ।
हालै नेपाल राष्ट्र बैंकले,आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरी नतिजा सार्वजनिक गरेको हो । यो सर्वेक्षण गत पुस २४ देखि ३० गतेसम्म ६० वटा बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको हो । सर्वेक्षणमा २ हजार १० जना उत्तरदाताहरुसँग प्रश्न गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले यस्तो सर्वेक्षण विभिन्न समयमा गरिरहेको हुन्छ ।
सर्वेक्षेणमा समग्र उत्तरदातामध्ये ८४.६ प्रतिशतले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२.३ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि १२ प्रतिशत हुने अपेक्षा गरेका छन् । तुलनात्मक रुपमा हेर्दा अबको ३ महिनामा र १ वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा गत असोजमा यस्तो अपेक्षा गर्नेहरुभन्दा केही घटेको पाइएको छ ।
खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू, तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा भने असोजको तुलनामा बढेको देखिएको छ । यस्तै गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा ९आवास० समूहमा अबको ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोजको तुलनामा केही घटेको बैंकको प्रतिवेदनमा उल्लेख छ।
यसबाहेक खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यूस पेय पद्घार्थ तथा सूर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोजको तुलनामा घटेको पाइएको छ।
अबको ३ महिनापछि र १ वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको प्रतिवेदनले देखाएको छ । यस्तै आगामी ३ महिनापछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको पाइएको छ । सर्वेक्षण अनुसार ३ महिना र १ वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




