सुनचाँदीको भाउ घट्ने क्रममा निरन्तरता

-



     सफल आवाज    
     फागुन ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ फागुन । सुनचाँदीको भाउमा लगातार गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन आज बिहीबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउमा गिरावटले निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । यसदिन छापावाल सुनमा ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि २ सय रुपैयाँले घटेर तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।