प्रि-ओपन सेसनमा १ अंकले घट्यो नेप्से

-



     सफल आवाज    
     फागुन ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ फागुन । साताको अन्तिम कारोबार दिन आज बिहीआारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार नेप्से १३.९० अंक घटेर २०९१.५६ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने परिसूचक १.०८३ अंक घटेर २०९०.४९ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.०१ अंकको गिरावट आएको छ ।

आज बिहीबारको प्रि-ओपन सेसनमा १३ वटा स्टकको २ लाख ३९ हजार ६५३ रुपैयाँ बराबरको ४५५ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने ७ वटा स्टकको मूल्य घटेको छ । बाँकी २ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।