सुन र चाँदी दुवैको भाउ यथावत्, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     फागुन ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ यथावत् रहेको छ । आज तेजाबी र छापावाल सुन तथा चाँदीको मूल्यमा अघिल्लो दिनको तुलनामा कुनै घटबढ भएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमै कारोबार भएको थियो ।

तेजाबी सुन पनि तोलाको १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि तेजाबी सुन तोलाको १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी महासंघका अनुसार आज चाँदीमा पनि आज मूल्य घटबढ भएङ्को छैन । आज चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमै कारोबार भएको थियो ।