प्रि-ओपन सेसनमा नेप्से करिब १ अंक घट्यो

-



     सफल आवाज    
     फागुन ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ फागुन । साताको पहिलो कारोबार हुन‍े‍ दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब १ अंकको गिरावट आएको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार यो परिसूचक २१.१५ अंक घटेर २०७०.४१ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से ०.७५ अंक घटेर २०६९.६६ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.४२ अंकले घटेको पाइएको छ ।

आज सोमबारको प्रि-ओपन सेसनमा ११ वटा स्टकको १७ लाख ७३ हजार २३९ रुपैयाँ ९९ पैसा बराबरको १ हजार ५३० कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने ६ वटा स्टकको मूल्य घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।