सकारात्मक भएन सेयर बजार, अझै पर्ख र हेरको अवस्था

-



     सफल आवाज    
     फागुन ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ फागुन । सेयर बजारको ओरालो लागेको यात्रा अझैं रोकिएको छैन । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयर बजारमा ओरालोको यात्राले निरन्तरता पाएको छ ।

राजनीतिक खिचातानी र सम्हालिन नसकिरहेको सरकारको कारण सेयर बजारले सकारात्मक गति लिन सकेको छैन । बजारमा कायम वित्तीय तरलताको असर अझैं पनि देखिईरहेको छ भने लगानीकर्ताहरु सेयर धितो बर्जामा लगाईएको १२ करोडको क्यापको तनाब यथावत् रहेको छ ।

मौद्रिक नीतिको समिक्षाले मनोबल बढाउने अपेक्षा गरिएको भएपनि त्यसअनुसारको व्यवहारतः लागू नभएकोमा लगानीकर्ताको असन्तुष्टि कायमै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.६० अंकले घढेर २०४६.८१ विन्दुमा झरेको छ । नेप्सेमा १.१४प्रतिशतले गिरावट भएकोछ । सेन्सेटिभ इण्डेक्स ४.९१ अंकले घटेर ३९१.५४ विन्दुमा रहेको छ ।

१३ उपसमूहरुमध्ये दुईवटामा हरियो लागेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहतर्फ बढेको छ । बाँकी ११ वटामा रातो लागेको छ उनीहरुको सेयर घटेको छ ।

कुल २२८ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ६० लाख ९१ हजार ३५३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ ४२ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २० करोड ८२ लाख ५६ हजार ७४० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

यसदिन सबैभन्दा धेरै राप्ती हाइड्रो एण्ड जनरल कम्स्ट्रक्सन लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै जिवन विकास लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.१५ अंकले घटेको हो ।