सुनको भाउ यथावत्, चाँदीको बढ्यो

-



     सफल आवाज    
     फागुन १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ यथावत् रहेको छ । चाँदीको भाउमा भने थोरै वैद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउमा कुनै फेेरबदल नभएको जानकारी गराएको छ । चाँदीको भाउमा भने ५ रुपैयाँ बढेको पाइएको छ ।

छापावाल सुन आज तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमै कारोबार भएको थियो ।

तेजाबी सुन आज तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज प्रति तोला ५ रुपैयाँले‍ वैद्धि भएको छ । चाँदी आज तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चादी तोलाको १ हजार २ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।