काठमाडौं, १० फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । सेयर बजारमा देखिएकाे सकारात्मक माहाेलले बजारमा सुधार हुँदै जान्छकि भन्ने अपेक्षा गरिएकाे छ । यसले लगानीकर्ताकाे मनाेबल बढाएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा चढेको छ । नेप्सेमा १.६४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.८१ अंकले बढेर ३९६.३४ विन्दुमा पुगेको छ ।
यसदिन २६९ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४७ लाख ७९ हजार ७९७ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी १० वटा उपसमूहहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १३ करोड २७ लाख ७५ हजार ८६६ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै लिवर्टी इनर्जि कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.८० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




