
काठमाडौं, ११ फागुन । आज तीन कम्पनीकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे । प्रभु इन्स्योरेन्स, सिभिल लघुवित्त र सबैको लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन हाे ।
प्रभु इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १२ गते बुकक्लोज गर्ने बताएकाे छ । सिभिल लघुवित्त र सबैको लघुवित्तले फागुन १४ गते बुकक्लोज गर्ने भएका छन् ।
शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग लिनका आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा सहभागि हुन र लाभांश प्राप्तिका लाग याेग्य मानिनेछन् ।
प्रभु इन्स्योरेन्स
प्रभु इन्स्योरेन्सले फागुन २३ गते केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ।
सभामा हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ । यस्तै अन्य निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि त्यसकाे अख्तियारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति लगायतका प्रस्तावहरुलाइ पारित ग।रिनेछ।
सिभिल लघुवित्त वित्तीय संस्था
सिभिल लघुवित्त वित्तीय संस्थाले फागुन २९ गते बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौँमा ११औं साधारण सभा डाकेकाे छ। साधारण सभा पूर्वान्ह ११ बजे बेालाइएकाे छ ।
सभामा चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र करकाे प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ । सभाबाट संस्थापक र सर्वसाधारणको सेयरकाे संरचना परिवर्तन गरेर ५१ः४९ कायम गरिनेछ ।
सबैकाे लघुवित्त वित्तीय संस्था
सबैकाे लघुवित्त वित्तीय संस्थाले फागुन २६ गते छैठौ साधारण सभा डाकेकाे छ। साधारण सभा तनहुँकाे मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट, बन्दिपुर ५ मा बाेलाइएकाे छ । सभा पूर्वान्ह १० बजे बाेलाइएकाे छ ।
सभामा चुक्ता पूँजीको १८ प्रतिशत बोनस सेयर र त्यसकाे कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ ।
सभाबाट अन्य उपयुक्त लागेका लघुवित्तसंग गाभ्ने गाभिने सम्बन्धि कार्य गर्नका लागि तथा प्रबन्धपत्र, नियमावली संशोधनकाे अख्तियारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्त लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




