
काठमाडौं, ११ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउमा ५ सय रुपैयाँ घटेको जानकारी गराएको छ । चाँदीको भाउमा पनि प्रतितोला १० रुपैयाँ घटेको पाइएको छ ।
छापावाल सुन आज तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज प्रति तोला १० रुपैयाँले गिरावट आएको छ । चाँदी आज तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




