प्रि-ओपन सेसनमा नेप्से करिब २ अंकले घट्यो

-



     सफल आवाज    
     फागुन ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ फागुन । साताको अन्तिम कारोबार दिन आज बिहीआारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब २ अंकले गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार यो परिसूचक ३३.५७ अंक बढेर २०८०.३८ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से १.९१ अंक घटेर २०७८.४७ विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.६६ अंकले कमी आएको पाइएको छ ।

आज बिहीबारको प्रि-ओपन सेसनमा ३० वटा स्टकको १३ लाख ९३ हजार ५५३ रुपैयाँ ६० पैसा बराबरको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये १२ वटा स्टकको मूल्य बढेको छ भने १५ वटा स्टकको मूल्य घटेको छ । बाँकी ३ वटा स्टकको मूल्य स्थिर रहेको छ ।