
काठमाडौं, १२ फागुन । आत्मनिर्भर लघुवित्तको सेयर (आइपीओमा) ४७.१६ गुणा बढी आवेदन परेकाे छ । याे आवेदन सर्वसाधारणका लागि बिक्रीमा ल्याइएकाे १ लाख ६९ हजार ७५५ कित्ता सेयरकाे ४७.१६ गुणा बढी आवेदन हो ।
सीडीएसका अनुसार शुक्रबार दिउँसाे साडे १ वजेसम्म सेयरमा ८० करोड ५ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सेयर लगानीकर्ताहरु ७ लाख ८ हजार ४३ जनाले ८० लाख ५ हजार ८६० कित्ता माग गरेका छन् ।
कम्पनीले फागुन ११ गतेदेखि रुपैयाँ ६ करोड २३ लाख ३८ हजार रुपैयाँकाे २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर जारी गरेको हो । यसमा प्रतिसेयर रु १ सय अंकित दरकाे २ लाख ३ हजार ३८० कित्ता निष्काशन गरिएकाे हाे । यसबाट कम्पनीले २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरिसकेकाे छ ।
कम्पनीले ३ हजार ११७ कित्ता कर्मचारीका लागि र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका छुट्याएकाे छ । सर्वसाधारणका लागि बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयर रहेकाे छ । उनीहरुले यसैमा आवेदन दिन पाउनेछन् । यसका लागि फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




