
काठमाडौं, १५ फागुन । माईखोला हाइड्रो पावरकाे आईपीओ फागुन २५ गतेदेखि बिक्रीमा ल्याइने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गर्ने भएकाे हो।
कम्पनीले ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ जारी पूँजीको १० प्रतिशतले ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर ईलामका स्थानियवासिका लागि निष्काशन गर्ने भएकाे हाे ।
सर्वसाधारणका लागि १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता वैदेशिक राेजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ । सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । विदेशमा रहेकाहरुकाे हकमा भने बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।
आयोजनाबाट प्रभावित भएका जनताले चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म पूर्ण आवेदन नपरेमा चैत २४ गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारमा गएकाहरुले भने चैत ९ गतेसम्म आवेदन दिनु पर्नेछ।।
सेयर लगानीकर्ताले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंक र तोकिएका शाखा कार्यालय, सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखाहरुबाट आवेदन दिन सकिनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




