
काठमाडौं, १५ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा पौने २ खर्ब रुपैयाँ हाराहारीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ७ महिना अर्थात् साउनदेखि माघ मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कले यस्तो परिस्थिति देखाएको हो ।
यो अवधिमा नेपालमा १ खर्ब ७० अर्ब ४४ करोड ९७ लाख २१ हजार बराबरको ३ लाख ८७ हजार ६५१ किलोलिटर पेट्रोल, ६ लाख ७९ हजार ८०२ किलोलिटर डिजेल, १ लाख २ हजार ९९२ किलोलिटर हवाई ईन्धन, ६ हजार ६४ किलोलिटर मट्टितेल र ३३ अर्ब ३२ करोड २९ लाख ३२ हजार बराबरको २९ करोड ३९ लाख २२ हजार १७६ किलोग्राम खाना पकाउने एलपी ग्याँस खरिद गरिएको आँकडा छ ।
उक्त परिमाणको पेट्रोलियम पदार्थ आयात गरेवापत् सरकारले यो अवधिमा ५६ अर्ब ८८ करोड १७ लाख १८ हजार राजस्व आम्दानी गरेको छ ।
यसरी आयात भएका विभिन्न प्रकारका पेट्रोलियम पदार्थमध्ये अधिकांश भारतबाट र नगण्य मात्रामा अमेरिकाबाट आएको तथ्याङ्कले देखाएको छ । अमेरिकाबाट आएकोमा ज्यादै नगण्य मात्रा अर्थात् १ किलोलिटर हवाई इन्धन रहेको छ । जसको मूल्य २३ हजार रुपैयाँ उल्लेख गरिएको छ ।
विभागले सार्वजनिक गरेको विवरण अनुसार साउन, भदौ, असोज, कात्तिक, मंसिर, पुस र माघ महिनामा गरी भारतबाट आयात भएको पेट्रोलको मूल्य ३८ अर्ब ७३ करोड ३३ लाख १६ हजार रहेको छ । यस्तै डिजेलको मूल्य ८४ अर्ब ६१ करोड ६४ लाख १७ हजार, हवाई ईन्धनको मूल्य १२ अर्ब ९७ करोड ६० लाख १४ हजार तथा मट्टितेलको मूल्य ७८ करोड १० लाख ४१ हजार रुपैयाँ बराबर रहेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी यो अवधिमा आयात भएको २९ करोड ३९ लाख २२ हजार १७६ किलोग्राम खाना पकाउने एलपी ग्याँसको समग्र मूल्य ३३ अर्ब ३४ करोड २९ लाख ३२ हजार रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




