
काठमाडौं, १६ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा केहि सुधार भएको देखिए पनि बजार बन्द हुँदाको समयमा भने सकारात्मक बन्न सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा दोहोरो अंककोगिरावट भएको छ । नेप्से परिसूचक ३.८१ अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक २०१९.७३ झरेको छ । नेप्सेमा ०.१९ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स भने १.०८ अंकले घटेर ३८१.९३ विन्दुमा रहेको छ ।
यसदिन कुल २६२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३९ लाख ४६ हजार २४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँ ७५ पैसा बराबरको कारोबार भएको छ ।
१३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ९ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
सबैभन्दा धेरै यूनिभर्सल पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ७ करोड ५५ लाख ११ हजार ५८४ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयरमूल्य ३.८५ प्रतिशतले घटेको छ ।

