
काठमाडौं, १७ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्यमा पनि ५ सय रुपैयाले नै बढेको छ । तेजाबी सुन आज तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्यमा १५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।