
काठमाडौं, १७ फागुन । नेप्सेमा फेरि पहिरो जान शुरु गरेको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ।
सेयर बजारमा लामो समयदेखि नकारात्मक बन्दै आएकोले हरियाली छाईरहने कहिले हो त्यो पर्ख र हेरको अवस्थामा नै रहेको छ । सेयर बजारको नकारात्मक लयले लगानीकर्ताहरुको मनोबल बढ्न सकेको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । नेप्सेमा १.२१ प्रतिशतले गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ३.५६ अंकले घटेर ३७८.३७ विन्दुमा रहेको छ ।
यसदिन कुल २५७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३७ लाख २९ हजार ९७६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४२४ रुपैयाँ ६३ पैसा बराबरको कारोबार भएको छ ।
सबै १३ उपसमूहहरु राताम्मै भएका छन् । ति सबैको सेयर घटेको नेप्सेले जनाएको छ ।
सबैभन्दा धेरै अप्पर तामाकोशी हाईड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ७२ लाख ३७ हजार ८५ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरैआदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बोटलर्स नेपाल तराई लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.६१ अंकले घटेको छ ।

