
काठमाडौं, २१ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज हुँदैछ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेलमा बस्दैछ ।
सभाले ५० प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्ने भएकाे । यसमा ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगदसहित ५० प्रतशत लाभांश रहेकाे छ ।
सभामा कम्पनीको अधिकृत, जारी र चुक्ता पुँजीकाे वृद्धि तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पेश हुँदैछ। यस्तै अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनका लागि काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेकाे छ ।
साधारण सभा र लाभांश वितरणकाे प्रयोजनार्थ फागुन ५ गते बुक क्लोज भइसेकाे छ । फागुन ४ गतेसम्म सेयर काराेबार गरी कायम भएका सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




