
काठमाडौं, २१ फागुन । सेयर बजारमा लगातार भइरहेकाे गिरावट राेकिएकाे छैन । साताकाे सेयर काराेबार हुने पहिलाे दिन पनि नेपाली सेयर बजार नकारात्मक लयमा देखियाे ।
सेयर बजारको गिरावट हुने क्रम लगातार आज पाँचाै दिन हाे । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा झरेको छ । नेप्सेमा १.५६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.८६ ले घटेर ३६८.७० विन्दुमा रहेकाे छ ।
पछिल्ला दिनहरुमा सेयरकाे खरिदबिक्रीसँगै काराेबारमा पनि उल्लेखनिय प्रगति हुन सकेकाे छैन । कुल २५९ कम्पनीकाे सेयर काराेबार भएकाे छ । उनीहरुकाे ३८ लाख ३२ हजार ४५९ कित्ता सेयरकाे खरिदबिक्रीबाट १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरकाे काराेबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैकाे सेयर घटेकाे छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा साम्लिङ पावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




