
काठमाडौं, २३ फागुन । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।
संस्थाले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि ९७ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियाे । यसअघि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिएका थियाे।
संस्थाकाे जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुने रु १०० अंकित मूल्यकाे ७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता सेयर बिक्रीमा ल्याइएकाे हो।
साे सेयरबाट ९ हजार ७०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बाँडफाँड भइकेकाे छ । १ हजार ५०० कित्ता कर्मचारीका लागि रहेकाे छ । ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ। सर्वसाधारणले भने ८० हजार ९५० कित्ता का लागि आवेदन दिन पाउनेछन्।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




