सुन र चाँदी दुवैको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     फागुन २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज मंगलबार (सोमबार सार्वजनिक बिदा परेकोले) नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा ३ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउमा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार २ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।