नेप्सेमा १४.४१ अंकको वृद्धि, १ अर्ब २० करोडको कारोबार

-



     सफल आवाज    
     फागुन २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । लगातार ओरोलो लागेको नेप्से परिसूचक उकालो लागेपछि लगानीकर्ताहरु उत्साहि भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा चढेको छ । नेप्सेमा०.७४ प्रतिशतले कृद्धि भएको छ ।

यसदिन कुल २६१ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४० लाख ५९ हजार १४९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ ६२ पैसा बराबरको कारोबार भएको छ ।

यसदिन १३ उपसमूहरुमध्ये दुईवटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ११ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोेशनको कारोबार भएको छ । कम्पनीको १२ करोड ७ लाख ८५ हजार ५०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शुभम पावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिवाईसी लघुवित्त वित्तीय संस्थाले गुमाएको छ । संस्थाको सेयरमूल्य ५.१८ प्रतिशतले घटेको छ ।