सुनचाँदीको भाउमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     फागुन २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपेयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ४० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावापाल सुनको भाउ तोलाको रुपैयाँ १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ हजारले गिरावट भई तोलाको १ दाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको रुपैयाँ १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ४० ले घटेर तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको रुपैयाँ १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।