माई खोला हाइड्रोपावरकाे आइपीओ बिहिबारबाट बिक्रीमा

-



     सफल आवाज    
     फागुन २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ फागुन । माई खोला हाइड्रोपावरकाे सेयर आइपीओ बिहिबारबाट बिक्रीमा ल्याइने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा वैदेशिक रोजगारमा गएका नेपालीका लागि सेयर निष्काशन गर्न लागेकाे हाे ।

साे सेयर इलामका जनताका लागि जारी पुँजी रुपैयाँ ३९ करोड २१ लाख ५६ हजार ८०० को १०% ले हुने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता रहेकाे छ । 

कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १ लाख ५२ हजार ९४१ कित्ता सेयरमा आवेदन दिन पाउनेछन्। स्थानीय जनताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

उता वैदेशिक रोजगारीमा रहेकाहरुले घटीमा १० र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सेयरमा चैत ९ गतेसम्म आवेदन दिन पाइनेछ । स्थानीयले जनताले ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेकाे खण्डमा चैतकाे २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाममा रहेकाे शाखाबाट आवेदन दिन सक्नेछन् । सेयर बिक्री प्रबन्धक रहेकाे प्रभु क्यापिटल काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले अनलाइनमार्फत आवेदन दिन पाउनेछन् ।