सुनचाँदीको भाउ घट्ने क्रमले पायो निरन्तरता

-



     सफल आवाज    
     फागुन २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन आज बिहीबार नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको भाउ घट्ने क्रमले निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । आज तेजाबी सुन तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउमा ५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।