यस्ताे छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     फागुन २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। यसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा रहेकाे छ।

युरो एकको खरिद दर १३८ रुपैयाँ २९ पैसा र बिक्री दर १३८ रुपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ५० पैसा र बिक्री दर १५६ रुपैयाँ २१ पैसा रहेको जनाएकाे छ।

कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंककाे आजकाे मूल्यसूचीमा जनाइएको छ।