सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     फागुन २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ फागुन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने यथावत् नै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा ८ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन तोलाको १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउमा कुनै फेरबदलल भएको छैन । आज चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार पनि चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँमा नै कारोबार भएको थियो ।