सर्वोत्तम स्टिलले सेयर निष्काशन गर्ने

-



     सफल आवाज    
     फागुन २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ फागुन । सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जनाए अनुसार जारी पुँजीकाे १२.६६३ प्रतिशत सेयर निष्काशसन गरिने भएकाे हाे । 

सेयर निष्काशनका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साे सम्झौतामा सर्वोत्तम स्टिलका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरे ।

सौरभ ग्रुपले सन्चालन गरेकाे सर्वोत्तम स्टिलका विभिन्न ब्राण्डका डण्डी र बिलेटहरुको उत्पादन तथा बिक्री वितरण भइरहेकाे छ ।