
पोखरा, २८ फागुन । पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २०औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दुई वर्षे कार्यकालको लागि १३ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समिति २०७९ का संयोजक बलभद्र नकर्मिका अनुसार नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा हिल्टन रट आईरन एण्ड ईन्जिनियरिङ इन्डष्ट्रिजका रुद्रलाल श्रेष्ठ चयन भएका छन् ।
सघंको प्रथम उपाध्यक्षमा पञ्चकन्या मेटल ईन्जिनियरिङ प्रा.लि.का दीपेन्द्रराज बस्ताकोटी, दितिय उपाध्यक्षमा ग्लोबल केबुल ईन्जिनियरिङ प्रा.ली.का ईन्जिनियर सुरेन्द्र बहादुर गोदार, महासचिवमा गण्डकी टायल ईण्डष्ट्रिजका फणिन्द्रराज शर्मा, कोषाध्यक्षमा रुम्बा जनरल फूड्स प्रा.ली.का बलराम वराल र सचिवमा गण्डकी ह्यूम पाईप उद्योग प्रा.ली.का शंकरप्रसाद अधिकारी चयन भएका छन् ।
यस्तै कार्यसमितिको सदस्यहरुमा हिमश्री फूडस् प्रा.ली.का प्रकाश के.सी., सूरज काष्ठ एण्ड मेटल ईन्डष्ट्रिज प्रा.ली.का सूर्यनारायण लामिछाने, पोखरा काष्ठ उद्योगका अश्विन कार्कि, पोखरा टेष्ट एण्ड फ्लेबर इन्डष्ट्रिजका कृष्ण प्रसाद पन्त, पोखरा प्याकेजिङ प्रा.ली.का कृष्ण बस्याल, एस एण्ड एस स्ट्रक्चरल फेब्रिकेसन प्रा.ली.का ई.शिव सिग्देल र शान्ती ईन्जिनियरिङ प्रा.ली.का ई.अमृत रेग्मी चयन भएका छन् ।
यसअघि बसेको साधारण सभाले वार्षिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन लगायतका एजेण्डाहरुमा छलफल गरी पारित गरेको थियो ।
पोखरारालाई सुन्दर पोखरा बनाउन नीजि क्षेत्रको महत्वपूर्ण योगदान : मेयर धनराज आचार्य

साधारण सभालाई संवोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुन्दर पोखरारालाई सुन्दर पोखरा बनाउन नीजि क्षेत्रको महत्वपूर्ण योगदान रहने बताए । वातावरणीय हिसाबले पूराना गाडीहरुको धुँवाले प्रदुषण गरेको, बिग्रेर नथन्किदासम्म चलाई रहने तर समय समयमा मर्मत नगर्ने परिपाटी रहेको बताए । उनले पोखरा औद्योगिक क्षेत्रभित्रबाट बग्ने फोहर पानीको ट्रिटमेन्टको लागि व्यवसायीलाई अग्रसर हुन आग्रह गर्दै ६ महिनाभित्र स्थापना गर्न अनुरोध गरे ।
नयाँ औद्योगिक क्षेत्र स्थापनाको काम भईरहेकोले आगामी वर्ष सो स्थानमा उद्योग दर्ताको आव्हान गर्ने अवश्था सिर्जना गर्न सकिने उल्लेख गरे । मेयर आचार्यले उद्याेग वाणिज्य ऐन नभईरहेको अवश्थामा अहिले ड्राफ्टको काम भईरहेकोले रोजगारी सिर्जना गर्नका लार्गि उद्योग संघसंग सहकार्य गर्न चाहेको बताए । सो अवसरमा उनले फोहरको उचित व्यवश्थापन गरी त्यसबाट ७ मेगावाटको इनर्जि निकाल्नका लागि अन्तराष्ट्रिय प्रस्ताव पत्र आव्हान गर्न लागेको जानकारी दिए ।
शुक्रबार पोखराबाट भद्रपुर, नेपालगञ्ज, भैरहवा र काठमाडौं उडान शुरु भएको र अन्तराष्ट्रिय उडानका लागि पहल भईरहेको बताए । यसका लागि पोखराका उद्योगी व्यवसायीहरुले अन्तराष्ट्रिय बजारमा निर्यात हुन सक्ने आफ्ना गुणस्तरिय उत्पादनहरुको लागि अध्ययन गर्न आवश्यक भएको बताए । उनले पोखरामा फुड हाइजिन इन्स्पेक्टर नियुक्त गर्न लागेको बताउँदै इलेक्ट्रिक गाडीको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरे ।
केहि हप्तामा वीन वीनको नतिजा आउने महाप्रवन्धक : मानन्धर
पोखरा ओद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रवन्धक ईन्जिनियर संजय मानन्धरले औद्योगिक क्षेत्रमा भौतिक विकासका कामहरु भईरहेको बताए । उनले व्यवसायीका समस्याहरु समाधानका लागि छलफल भईरहेकोले छिटै एउटा निष्कर्षका पुग्ने बताए । उनले भाडा बृद्धिको सन्दर्भमा कमिटि गठन भएकोले केहि हप्तामा वीन वीनको नतिजा आउने कुरामा आशावादी हुन एदोगीलाई आग्रह गरे । उनले औद्योगिक क्षेत्रको फोहर व्यवस्थापनको लागि सचेत रहेको र स्थानिय निकायसंग समन्वय गरेर अगाडी बढ्ने बताए ।
बैंक तथा वित्तीय संस्थाको लुटतन्त्र विरुद्ध आन्दोलन बाहेकको बिकल्प छैन : आलम
औद्योगिक क्षेत्र उद्योग महासंघका कार्यबाहक अध्यक्ष एजाज आलमले व्यवस्थापनले एकोहोरो तवरले ८ सय प्रतिशतसम्म भाडा बढाएर उद्योगिलाई तिर हानेझैं भएको बताए । उनले जग्गाको भाडा फिर्ता नगरे आन्दोलन बाहेकको बिकल्प नभएको बताए ।
आलमले अहिले बैंक तथा वित्तीय संस्थाको लुटतन्त्र मच्चिएको बताए । ८ प्रतिशत ब्याजमा लिएको ऋण १७, १८ प्रतिशत पुर्याएको छ । उनीहरुलाई नेताले, कर्मचारीले पोषेकाले कसैलाई नटर्ने र अराजक भएको बताए ।
व्यवसायीक क्षेत्रको घर घरमा रोजगार दिने अभियान खाेसियाे : कोईराला
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिव बहादुर कोईरालाले उद्योगिले लगानी गरेपछि प्रतिफल खोज्ने नै भएको बताउँदै उनले लगानीको प्रतिफल आउन नदिने सरकार तथा नेताहरुसंग बोल्न डराईरहेको बताए । उनले सिंह दरबार घर घरमा भनेर जनतालाई झुक्याएको बताउँदै व्यवसायीक क्षेत्रको घर घरमा रोजगार दिने अभियानलाई खोसेको बताए ।
सरकार र नेताहरुले ज्यानमारालाई छुटाउन अध्यादेश ल्याउन पछि नपर्ने तर राज्य र व्यावसायीक क्षेत्र आर्थिक हिसाबले नाजसक अवश्थामा पुग्दा उनीहरु चुपचाप बसेको लज्जास्पद भएको बताए । उनले भने, राज्यले हामीलाई बचाउनु पर्छ उसको जिम्मेृवारी हो । हामीले बैंकको साँवा ब्याज तिदैैनौ भनेका छैनौ । तर तिर्न सक्ने अवश्था छैन । पहिले राज्यले उचित नीति ल्याउनु पर्छ भन्ने हाम्रो माग हो ।
बुटवल उद्योग संघका अध्यक्ष हिरामणी भट्टराईले आर्थिक मन्दिको कारण उदोगहरु नचलेका, कामदार घटेका र ४० प्रतिशत उदोग बन्दको अवश्थामा पुगेकाले राज्य जवाफदेहि बन्नुपर्ने बताए ।
गण्डकी उद्योग परिसंघका अध्यक्ष विनोद शर्मा न्यौपानेले सरकारले वा स्थानिय सरकारले गर्नुपर्ने काम व्यवसायी उद्योगीले गर्नुपर्ने उदेक लाग्दो अवश्था आएको बताए । के अचम्म हो, हामी झोले भएर उनीहरुकोमा पुग्नुपर्ने, प्रस्ताव लिएर जानुपर्ने यस्तो पनि कहिं हुन्छ ? एउटा महाप्रवन्धकको् सनकको भरमा ७ सय, ८ सय प्रतिशत भाडा बढाएर उद्योगीको गर्दनमा भाडाको तरबार राखेको बताए ।
महासंघका सल्लाहकार बाबुराम पन्तले मुलुकको आर्थिक बृद्धिदरको लक्ष्य नपुग्ने स्थिति देखिएको बताउँदै उद्योग व्यवसायलाई फष्टाउन दिनुको साटो भाडामा किचलो गरेर आर्थिक मन्दिको बटोलाई लम्बाउने कार्य भएको बताए । उनले यथासिघ्र सार्वजनिक नीजि साझेदारीको अवधारणमा जान जरुरी भएको बताउँदै व्यवस्थापनले मनपरी तवरले गर्ने निर्णयहरु सह्य नभएको बताए ।
पोखरा आद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख किशोर पाण्डेले केहि विकास तथा पूर्वाधारका काम भईरहेको बताउँदै भाडाको विवाद छिटै समाधान हुने आशामा रहन व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रमको अध्यक्षता गरेका संघका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठले ५० अर्ब लगानी गरेको, ३ हजारलाई रोजगारी दिईरहेको र वार्षिक ५० करोड राजश्व बुझाई रहेको अवश्थामा २०७५ सालदेखिको भाडाबृद्धि सहितको रकम माग गरिरहनु अनुचित काम भएको बताए । उनले व्यवस्थापनले गरेको थिचोमिचो र भाडाबृद्धिको र्णिय फिर्ता नभएसम्म आन्दोलनबाट पछि नहट्ने धारणा व्यक्त गरे ।
कार्यक्रमको संचालन महासचिव ई.सुरेन्द्र बहादुर गोदारले गरेका थिए भने संघका रुद्रलाल श्रेष्ठले धन्यवाद ज्ञापनसहित सकिएको घोषणा गरेका थिए ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




